Welcome to the complete news site

डिसहोम फाइबर नेट शुभारम्भ पोखरामा

0 79

पोखरा । डिस मिडिया नेटवर्क लिमिटेडले पोखरामा डिसहोम फाइबर नेटको औपचारिक सुरुआत गरेको छ । बुधबार पोखरा ८ नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले उद्घाटन गरेको हो ।
वाणिज्य संघका अध्यक्ष कोइरालाले छिटो छरितो र सर्वसुलभ इन्टरनेट उलब्ध गराउन आग्रह गरे । इन्टरनेट प्रदायक संस्थाहरुको भीडमा अब्बल साबित गर्न उनले सुझाए । ‘पोखरामा धेरै नेटहरु छन्, सबैले राम्रो नै रोज्छन्,’ उनले भने, ‘यो भिडमा कसले राम्रो सेवा सुविधा दिन्छ भन्ने ठूलो कुरो हो ।’ सरकारले लगानी गरेको क्षेत्रभन्दा पनि निजी क्षेत्रले लगानी गरेको क्षेत्र बढी उपयोगी भएको उनले दाबी गरे । नेटले आम नागरिकको जनजीवन पेपरलेस बनाएको समयमा आएको डिसहोम पÞmाइबर नेटलाई उद्योग वाणिज्य संघको साथ र सहयोग रहने बताए । कार्यक्रममा भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिकामोहन भट्टराईले डिसहोम पÞmाइबर नेटबारे प्रष्ट पारेका थिए । नेपालमा इन्टरनेट क्रान्ति गर्दै सस्तो सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा दिने उनले बताए । बुधबारदेखि नै जडान हुने इन्टनेट ग्राहकको रोजाइअनुसार १० देखि १ सय एमबिपिएससम्मको प्याकेज उपलब्ध रहेको पनि उनले जानकारी दिए । सहरी क्षेत्रबाट सुरु गरेको डिस होम फाइबर नेट अब छिट्टै ग्रामीण भेगमा पनि उपलब्ध गराउने डिस होमका एरिया सेल्स मेनेजर प्रदीप सुवेदीले जानकारी दिए । डिस होम फाइबर नेटसँगै अन्य सेवाहरु उपलब्ध गराउने योजना रहेको उनले सुनाए । अब इन्टरनेटको समस्याले कुनै पनि नागरिक बञ्चित हुनुनपर्नेे कम्पनीको दाबी छ । भट्टराई एन्ड ब्रदर्स प्रालिले डिस होम, डिस होम फाइबर नेट तथा विभिन्न उच्चस्तरीय ब्रान्डका इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्री वितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार गरेको छ ।