Welcome to the complete news site

डच फरवार्ड डिपाए बार्सिलोनामा आबद्ध

0 87

आइतबार, असार ६, २०७८ नेदरल्यान्ड्सका फरवार्ड मेम्फिस डिपाए स्पेनिस महारथी क्लब बार्सिलोनामा आबद्ध भएका छन्। उनी फ्रेन्च क्लब लियोनबाट बार्सिलोनामा आबद्ध भएका हुन्।

बार्सिलोनाले २७ वर्षीय डिपाएसँग दुई वर्षको सम्झौता भएको जनाएको छ। उनी हाल डच टिमबाट युरो २०२० खेलिरहेका छन्।

बिहीबार नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० ले हराउँदा डिपाएले गोल गरेका थिए। नेदरल्यान्ड्स लगातार दुई जित  निकाल्दै अन्तिम १६ मा पुगिसकेको छ। डिपाएले लियोनका लागि १७८ खेल खेल्दा ७६ गोल गरेका थिए। उनी सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोनमा आबद्ध भएका थिए।

उनी बार्सिलोनामा सिजनमा फ्रि ट्रान्सफरमा आबद्ध हुने तेस्रो खेलाडी बने।

यसअघि म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो र इरिक गार्सिया पनि बार्सिलोनामा आबद्ध भएका थिए।