Welcome to the complete news site

ट्वीटरका कारण जागिरमा संकट परेकालाई सहयोग गर्ने एलन मस्कको घोषणा

0 5

२१ साउन, काठमाडौं । एक्स अर्थात ट्वीटरले ट्वीटका कारण कुनै कम्पनीले आफ्ना कर्मचारीलाई अनुचित व्यवहार गरेमा त्यो व्यक्तिका लागि कानुनी खर्च व्यहोर्ने भएको छ ।

ट्वीटरका मालिक एलन मस्कले अनुचित व्यवहारमा परेका कर्मचारीलाई कानुनी उपचारका लागि दिने आर्थिक मद्दत असिमित हुने पनि बताएका छन् ।

उनले ट्वीट, लाइक वा रिट्वीटका कारण कसैमाथि कार्यालयले अनुचित व्यवहार गरेको छ भने त्यसको जानकारी दिन पनि भनेका छन् ।