ट्राफिक प्रहरीले संकलन गर्ने जरिवाना प्रदेश सञ्चित कोषमा ल्याईने
पोखरा । गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने भएको छ ।
गण्डकी सरकारका तर्फबाट अर्थमन्त्री रामजीप्रसाद बरालले बुधबार बजेट सार्वजनिक गर्दै प्रदेश भित्र ट्राफिक प्रहरीले संकलन गर्ने सबै किसिमका जरिवाना प्रदेश मातहत ल्याउने तयारी भएको बताएका हुन् ।
त्यसका लागि प्रदेश सञ्चित कोषमा दाखिला गर्ने कानूनी आधार तयार गर्ने अर्थमन्त्री बरालले उल्लेख गरे । यसले राजश्व अभिवृद्धि हुने उनको भनाई छ ।