टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज
पोखरा। यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त हुँदैछ ।
आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत गर्दैछ । सुपर १२ को ग्रुप २ मा रहेका भारत र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
क्रिकेटको मैदानमा लामो समययता यी दुईबीचको खेललाई युद्धकै रुपमा तुलना गरिन्छ ।
टी-२० २०१६ मा यी दुई टिम विश्वकपमा भिडेका थिए । दुवै खेल भारतले जितेको थियो ।
भारत र पाकिस्तानबीचको खेलअघि ग्रुप १ मा रहेको बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल शारजहाँमा दिउँसो पौने ४ बजे सुरु हुनेछ ।