टि२० विश्वकप यूएईमा हुने पक्का
एजेन्सी – टि२० विश्वकप २०२१ संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने पक्का भएको छ । भारतमा हुनपर्ने टि२० विश्वकप कोरोना महामारीको कारण यूएईमा हुने द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले पुष्टि गरेको छ ।
सोमबार, असार १४, २०७८ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले टि२० विश्वकप भारतमा गर्ने वा नगर्ने २७ जुन (आईतबार) सम्म बिसिसिआईलाई जानकारी दिन समय दिएको थियो । बिसिसिआईले सोमबार बेलुका सम्म आइसिसीलाई जानकारी दिनेछ । टि२० विश्वकप यूएईका तीन स्टेडियम शारजाह, आबूधाबी र दुबईमा हुने छन् । चौथो भेन्युको रुपमा ओमान रहेको छ ।
विश्वकपका पहिलो चरणका खेल भने ओमानमा हुने सम्भावना छ । टि२० विश्वकप १७ अक्टोबर देखि १४ नोभेम्बर सम्म चल्ने छ । तर औपचारिक मिति भने घोषणा हुन बाँकी छ । पहिलो राउन्ड (चरण) का खेलहरु ओमानमा हुने सम्भावना उच्च छ । पहिलो राउन्डमा ओमान, श्रीलंका, आयरल्यान्ड, पपुवा न्युगिनी, बंगलादेश, नामिबिया, नेदरल्यान्ड्स र स्कटल्यान्ड छन् ।
पहिलो राउन्डका आठ टोली दुई समूहमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो राउन्डबाट शीर्ष चार टोली सुपर १२ स्टेजमा स्थान बनाउने छन् । सुपर १२ स्टेजमा उक्त चार टोलीसँगै भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन् । दुई समूहमा विभाजन गरिने छ । जसमा शीर्ष दुई दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
टि२० विश्वकप अघि यूएईमा आइपिएल २०२१ मा स्थगित भएका बाँकी खेलहरु हुने छन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म हुने बताईएको छ । तर बिसिसिआईले औपचारिक मिति भने घोषणा गरेको छैन । टि२० विश्वकप जुधेको हुँदा अघिकाम्स विदेशी स्टार खेलाडीले बाँकी आइपिएल खेल्ने सम्भावना निकै कम छ ।