Welcome to the complete news site

जेम्स बोन्ड अवतारमा अन्तिम पटक देखिए डेनियल

0 23

हलिउडको चर्चित फ्रेन्चाइज जेम्स बोन्डको २५औं श्रृंखला ‘नो टाइम टू डाई’ को मंगलवार लण्डनको रोयल अल्बर्ट हलमा वर्ल्ड प्रिमियर गरिएको छ । जहाँ हलिउड सुपरस्टार डेनियल क्रेग अन्तिम पटक जेम्स बोन्डको अवतारमा रेड कार्पेटमा प्रस्तुत भएका थिए । डेनियल अब जेम्स बोन्ड फिल्मको श्रृंखलामा देखिने छैनन् । यो फिल्म कोरोनाका कारण प्रदर्शन आउन सकेको थिएन ।

डेनियल सन् २००६ मा जासूस जेम्स बोन्डको चरित्रमा फिल्म ‘क्यासिनो रायल’ मा देखिएका थिए । उनले ‘क्वान्टम अफ सोलेस, रेसिसटेन्सिया, नाइभ्स आउट, स्काईफल र स्पेक्ट्रे’ लगायतमा फिल्ममा पनि काम गरिसकेका छन् । प्रिमियरमा ‘नो टाइम टू डाई’ लाई उत्कृष्ट प्रतिक्रिया मिलेको बीबीसीले जनाएको छ । बेलायतको द टाइम्स म्यागजिनले फिल्मलाई ५ मा ५ रेटिङ दिएको छ ।

केरी जोरी फुकुंगाले निर्देशन गरेको यस फिल्ममा ओस्कर विजेता रामी मालेकले भिलेनको भूमिका निर्वाह गरेका छन् भने अना दे अर्मस र ल्याशना लिन्चको पनि प्रमुख भूमिका रहेको छ । ‘नो टाइम टू डाई’ पछिको श्रृंखलामा लशानाले डेनियल क्रेगलाई रिप्लेस गर्नेछिन् । फिल्मको रेड कार्पेट प्रिमियरमा बेलायती राजकुमार प्रिन्स विलियम र राजकुमारी केट मिडलटन पनि उपस्थित थिए ।