जिमनास्टिक प्रतियोगितामा भाग लिन बंगलादेश जाने खेलाडीहरूको विदाई
काठमाडौं -बंगलादेशको बगबन्धु रंगशालामा हुने जिमनास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई आइतबार विदाई गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले प्रतियोगितामा सहभागी हुन जाने खेलाडी टोलीलाई बिदाई गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै देश र जनताको मानसम्मान हुने गरि खेल खेल्न आग्रह गरे । आफ्नो देशका खेलाडीहरुको खेल र त्यसको सफलताबाट देशले गर्व गर्न सक्नुपर्ने भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई हौसला दिएका थिए ।
प्रतियोगिता कात्तिक ९ गतेदेखि सात दिनसम्म चल्नेछ । खेलाडीहरु सोमबार बंगलादेश प्रस्थान गर्दैछन् ।