जर्मनी अन्तिम १६ मा!
जर्मनी युइएफए युरो २०२० को अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा प्रवेश गरेको छ। समुह चरणको अन्तिम खेलमा २–२ गोलको बराबरी खेल्दै जर्मनीले अघिल्लो चरणमा स्थान बनाएको हो।
म्युनिखस्थित एलियान्ज एरिनामा सुरुवाती अग्रता भने हङ्गेरिले बनायो। खेलको ११औं मिनेटमा रोलान्ड सलइको क्रसमा एडम जलाइले उत्कृष्ट हेडर गर्दै म्यानुअल नोयरलाई बिट गरेका थिए।
तर ६६औं मिनेटमा घरेलु टिमले बराबरी गोल ग¥यो। हङ्गेरिका गोलरक्षक गुलाच्सि बल पकड्न अगाडि बढेको अवस्थामा म्याट हुमल्सले गरेको हेडलाई पुनःहेड गर्दै ओपन पोस्टमा काइ हाभर्ट्जले जर्मनीलाई खेलमा फर्काएका थिए।
लगत्तै ६८औं मिनेटमा हङ्गेरीले पुनः अग्रता बनायो।एडम जलाइले चिप गर्दै निकालेको बलमा गोलरक्षक नोयर अघि बढेको अवस्थामा एन्ड्रेस स्काफरले अवे टिमलाई खेलमा दोस्रोपटक अग्रता दिलाएका थिए।
८४औं मिनेटमा जर्मनीले दोस्रोपटक बराबरी गोल ग¥यो। जोसुआ किमिचको पासमा बक्स भित्रबाट लिओन गोरेत्ज्काले गरेको शक्तिशाली प्रहारले जर्मनीलाई जीवन दान दिएको थियो।
गोरेत्ज्काको उक्त गोलपछि खेलमा अन्य गोल हुन् नसक्दा दुबै टोलीले १–१ अंकमा चित्त बुझाए। यस् बराबरीसँगै ३ खेलबाट ४ अंक बटुलेको जर्मनी दोस्रो स्थानमा रहदै अर्को चरणमा प्रवेश ग¥यो।
२ अंकका साथ चौथो स्थान हात पारेको हङ्गेरी भने प्रतियोगिताबाट बाहिरिएको छ।