Welcome to the complete news site

जन्मदिनको दिन छोरा आर्यनको जमानत याचिका खारेज हुँदा रोइन् गौरी खान, अदालतबाहिरको भिडियो भाइरल

0 24

काठमाडौं -कार्डिएला–द–इम्प्रेस क्रुजमा चलिरहेको हाइप्रोफाइल रेव पार्टीबाट पक्राउ परेपछि नै शाहरुख खानका छोरा आर्यन खान नारर्कोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा छन् । शुक्रबार मुम्बईको अदालतमा आर्यनको जमानत याचिकामा सुनुवाई भएको थियो जसलाई खारेज गरिएको छ । जमानत याचिका खारेज भएपछि अब अदालत बाहिरबाट गौरी खानको एउटा भिडियो भाइरल भइरहेको छ जसमा उनी रोइरहेको देखिएकी छिन् ।

भिडियोमा गौरीले अनुहार ढाकेर रोइरहेको देखिएकी छिन् । गौरीको आँखाबाट लगातार आँसु बगिरहेको थियो जसलाई उनी लुकाउने कोसिस गरिरहेकी छिन् । यो भिडियो ८ अक्टोबरको हो जुन दिन गौरीको जन्मदिन पनि थियो ।