Welcome to the complete news site

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा

0 81

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आगामी असार पहिलो हप्ता हुने भएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी शुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाई छ ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले बताए ।

बैठकले आगामी जेठमा हुने तय भएको नवांै राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर राष्ट्रियस्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णय समेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । दोस्रो बैठकले मञ्चले पूर्वअध्यक्ष विनोद लामिछानेलाई मञ्चको सल्लाहकारमा चयन गरेको छ ।