Welcome to the complete news site

चीनबाट २ करोडको स्वास्थ्य सामग्री पोखरा महानगरलाई

0 16

पोखरा । चीनको सहयोगमा पोखरा महानगरपालिकालाई २ करोड रुपैयाँ बराबरको विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ती सामग्री ल्याउन समन्वय गरेका नेपाल चीन जनमैत्री संघका अध्यक्ष विश्वशंकर पालिखेले महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलाई बिहीबार ती सामाग्री हस्तान्तरण गरे । पोखरासँग भगिनी सम्बन्ध भएका कुनमिङ, गोञ्जाओ, लिन्जी र गार्जे सहरले पोखरालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । पालिखेका अनुसार करिब २ करोड बराबरका ती सामग्रीमा कोरोना रोकथाम र नियन्त्रणका लागि २ भेन्टिलेटर, १५ अक्सिजन कन्सन्टेटर मेसिन, ५० अक्सिजन सिलिण्डर, ३ सय अक्सिमिटर, ८ हजार आरटि पिसिआर किट ५ सय पिपिई र मास्क रहेका छन् । दाताहरुले दिएको सामाग्री लिन आफूहरु रसुवागढी सिमानासम्म पुगेको जानकारी दिँदै पालिखेले सामग्रीको सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । महानगर उपप्रमुख गुरुङले दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्रीको सदुपयोग हुने प्रतिवद्धता जनाइन् । महानगरको स्वास्थ्य महाशाखामार्फत सेवाग्राहीको सेवामा ती सामाग्री प्रयोग हुने गुरुङको भनाइ छ ।
महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले दैनिक प्रयोगमा आइरहने उपकरणमध्ये भेन्टिलेटर आवस्यकता बढ्दै गएको भन्दै संघले उपलब्ध गराएकोमा खुसी व्यक्त गरे । कार्यक्रम गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले सञ्चालन गरेका थिए ।