Welcome to the complete news site

चीनबाट आज आउँदै सरकारले किनेको कोभिडविरुद्धको खोप

0 29

सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो। काठमाडौं- सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो। खोप लिएर चीनबाट उडेको विमान त्रिभुवन विमानस्थलमा बिहान आइपुग्ने छ। उक्त खोपलाई विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने छ। चीनबाट आज कति खोप आउछ भन्ने विषयमा अझै खुलाइएको छैन। विमान चीन जाने समयसम्म १० लाख डोज खोप आउने अनुमान गरिएको थियो। तर आज उक्त संख्या भन्दा केही कम आउन सक्ने स्वास्थ्य मन्त्रालयक कर्मचारीले बताएका छन्। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा खोप आउने भएको हो। सरकारले चीनको भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरेको हो। गोप्य सम्झौता भएका कारण चीनबाट कति मूल्यमा कति डोज खोप खरिद गरिएको भन्ने विषय सरकारले खुलाएको छैन। मन्त्रिपरिषदको ३ असारमा बसेको बैठकले चार अर्ब ५० करोड रुपैयाँभन्दा नबढ्ने गरी खोप खरिद गर्ने निर्णय गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २४ असारबाट आपूर्ति सुरु भई तत्पश्चात् साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ। चीन सरकारले नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो।