चीनकी टेनिस खेलाडीले बयान फेरिन्, ‘पोस्टले भ्रम फैलायो, यौन शोषण भएको होइन’
कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् ।
वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि उनी लगभग गायब जस्तै थिइन् । उनी कहाँ छिन्, यसबारे कसैलाई पनि थाहा नभएको बताइएको छ ।
विन्टर ओलम्पिकका बीच आइतबार लिकिपलाई दिएको अन्तरवार्तामा पेंग शुआईले आफ्ना लागि चिन्ता जताउनेमाथि धन्यवाद व्यक्त गरेकी छिन् ।
उनले यसका साथै भनिन्, ‘म जान्न चाहन्छु कि यस्तो चिन्ता किन ? मैले कहिले पनि भनेकी थिइनँ कि ममाथि उत्पीडन भएको छ । ’ पेंग शुआईका अनुसार सोसल मिडिया पोस्टले संसारभरी ठूलो भ्रम पैदा गरेको छ ।
उनी भन्छिन्, ‘मलाई आशा छ कि पोस्टको अर्थलाई तोडमोड गरेर पेश गरिने छैन । र यो पनि आशा छ कि यसलाई अब थप प्रचारमा ल्याइने छैन ।’