Welcome to the complete news site

गैरआवासीय नेपाली पत्रकार महासङ्घ गठन

0 32

असार २६, २०७८ प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवासीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।

प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित्र नयाँ कार्यसमिति गठन गरिसक्ने जनाएको छ ।
महासङ्घका राष्ट्रिय शाखा भने तत्काल गठन गरिने नवनियुक्त योगीको भनाइ छ । महासङ्घको उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (युके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन् । यसैगरी सचिवमा अनिल अधिकारी (अमेरिका), छत्र शङ्कर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सह कोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन् । त्यस्तै सल्लाहकारमा डा.भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा.जगन अधिकारी (युके) रहेका छन् । यस्तै जुन देशमा महासङ्घ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ ।