गृष्माको प्रमाणपत्र वितरण तथा तालिमको समापन कार्यक्रम
पोखराको महेन्द्रपुलमा रहेको ग्रिष्मा ब्युटी केयर पार्लर एंड ट्रेनिंग सेण्टरले ब्युटी सम्बन्धि बेसिक तथा डिप्लोमा ब्युटी ट्रेनिंगको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम गरेको छ |
महिलालाई सिप तथा तालिमले सशक्त बनाउन तालिमको आवश्यक महसुस गर्दै तालिमको आयोजना गरेको संस्थाका संचालक दिपा कार्कीले बताउनुभयो |
जबसम्म महिलाको आर्थिक क्षेत्रसम्म पहुचं हुदैन, तब सम्म महिला सशक्तिकरणको अभियानले सार्थकता नपाउने उहाँको भनाइ रहेको थियो |
तालिमका सहभागी ममता पराजुलीले सिप सिकेर अहिले आत्माबिश्वास बढेको र कुशल सौन्दर्यकर्मी बन्ने लक्ष्य रहेको बताउनुभयो |
त्यसै गरी अर्की सहभागी प्रभा ढकालले महिलालाई शिक्षा संगै सिप पनि आवश्यक रहेकोले पढाइको साथ सिप सिक्न परिवारले अभिप्रेरित गरेकोमा जोड दिनुभयो |
तालिममा ममता पराजुली,प्रभा ढकाल,अनिता नेपाली , निलु क्षेत्री,आरती नेपाली ,अन्जली नेपाली ,सिमा नेपाली ,प्रशंसा थापा ,असमा नेपाली , अन्जु परियार ,श्वेता कोइराला, निशा नेपाली गरी १२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो |