Welcome to the complete news site

गण्डकी प्रदेशमा ५४० जना कोरोनामुक्त

0 12

पोखरा । गण्डकी प्रदेशको ५ सय ४० जना कोरोनामुक्त भएका छन् । बुधबार ३ सय ७६ जना निको भएकोमा बिहीबार त्यो संख्या बढेको हो । पछिल्लो केही दिन यता कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी छ । योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ४९ हजार ३ सय ७१ पुगेको छ । गण्डकी प्रदेशमा थप ३ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । १ हजार ३ सय ४ जनाको नमुना परीक्षण गरिएकोमा २४.६१ प्रतिशत संक्रमित भएका हुन् । कास्कीका १ सय १८ सहित म्याग्दीका ३ जना, पर्वतका ४ जना, गोरखाका २६ जना लमजुङका २६ जना तनहुँका ३५ जना, बागलुङका ३० जना स्याङ्जाका १० जना, मुस्ताङका ४३ जना र नवलपुरका २६ जना गरी प्रदेशका १० जिल्लामा १ सय ७७ पुरुष तथा १ सय ४४ जना महिलामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार ७ सय ८ पुगेको छ । देशभर १ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार २ सय ३५ पिसिआर परीक्षणमा १ हजार ५ सय ७७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ४ हजार ९ सय ९७ एन्टिजेन परीक्षणमा ८ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट २ हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ । यस्तै, २४ घन्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ । कोरोनाबाट गण्डकीमा ९ जनाको मृत्यु, गण्डकी प्रदेशमा थप ९ जनाको कोरोना संक्रमितहरुको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेहरुमा कास्कीका ४ जनासहित स्याङ्जा र तनहुँका २/२ र नवलपुर जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्कीको पोखरा महानगरपालिका १४ का ७६ वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ८ का ९१ वर्षीय पुरुषको फेवासिटी अस्पताल, पोखरामा निधन भएको हो । पोखरा ५ की ७२ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । पोखरा महानगरपालिका ३२ की ७५ वर्षीय कोरोना संक्रमित महिलाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । यसैगरी स्याङ्जाको वालिङ नगरपालिका १४ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जाको गल्याङ नगरपालिका २ की ७० वर्षीय महिलाको होम आइसोलेसनमा निधन भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका ६ का ६५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । तनहुँकै शुक्लागण्डकी नगरपालिका ११ का ६१ वर्षीय कोरोना संक्रमित पुरूषको गण्डकी मेडिकल कलेज, पोखरामा उपचारको क्रममा निधन भएको हो । नवलपुरको कावासोती नगरपालिका १ का ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेज, चितवनमा उपचारको मृत्यु भएको हो ।
योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ५ पुगेको छ । देशभर गरी थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ ।

FacebookTwitterMore