Welcome to the complete news site

गण्डकी प्रदेशमा ४६१९ सकृय केस, ३४६४ होम आईसोलेसनमा

0 11

गण्डकी प्रदेशमा हाल ४ हजार ६ सय १९ वटा कोरोनाका सकृय केस रहेका छन् । कुल १० हजार ६ सय ८८ जना संक्रमित भएकोमा ५ हजार ९ सय ३८ जना भने निको भइसकेका छन् । त्यसमध्ये ४ हजार ६ सय १९ वटा सकृय केस रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा कात्तिक ४ गते साँझसम्ममा १३१ जनाको कोरोनाले मृत्यू भइसकेको छ ।

गण्डकी प्रदेशमा ४ हजार ६ सय १९ वटा सकृय केस रहेकोमा ३ हजार ४ सय ६४ जना होम आईसोलेसनमा बसेको स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ । त्यसमध्ये कास्कीमा सबैभन्दा धेरै २ हजार ६ सय २५ जना होम आईसोलेसनमा रहेको जनाइएको छ । कास्कीमा २ हजार ९ सय सकृय केस रहेका छन् । बाँकी कोभिड अस्पतालको आईसोलेसनमा रहेका छन् ।

त्यस्तै, नवलपरासी पूर्व ४ सय ३७ वटा सकृय केस रहेकोमा ४३१ होम आईसोलेसनमा रहेका छन् । तनहुँमा ३ सय ४७ वटा सकृय केस रहेकोमा २०१ जना होम आईसोलेसनमा रहेका छन् ।

गोरखामा ४ सय ४ वटा सकृय केस रहेकोमा १४३ जना होम आईसोलेसनमा रहेका छन् भने पर्वतमा १ सय १० वटा सकृय केस रहेकोमा ५४ जना होम आईसोलेसनमा रहेका छन् । यसैगरी बागलुङमा १५७ वटा केस रहेकोमा १० जना होम आईसोलेसनमा रहेको वुलेटिनमा उल्लेख छ ।

होम आईसोलेसनमा नरहेपनि म्याग्दीमा ५२, लमजुङमा ९१, स्याङ्जामा ९३, मुस्ताङमा २६ वटा सकृय केस रहेका छन् । मनाङमा भने सकृय केस नरहेको स्वास्थ्य निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।