Welcome to the complete news site

गण्डकीमा प्रदेशमा कोरोना संक्रमित र मृत्यु हुने को संख्याम वृद्धि, निको हुने संख्यामा कमी

0 32

गण्डकी प्रदेशमा लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेको छ । भने कोरोना निको हुनेको संख्या कम हुँदै गएको छ । बिहीबार कोरोना निको हुनेभन्दा संक्रमितको संख्या धेरै छ । ४ सय ४८ जना संक्रमित भएको दिन ३ सय ४६ जना संक्रमण मुक्त भएका छन् । बिहीबार ४ सय २६ जना संक्रमित थपिएका थिए । भने १ सय ८५ जना निको भएका थिए। प्रतिशतकै आधारमा पनि पछिल्ला दिनमा संक्रमित बढेका छन् । अघिल्लो दिन ३२.८७ प्रतिशत र पछिल्लो दिनमा ३६.६६ प्रतिशत थपिएका हुन् । कास्कीमा लगायत प्रदेशका अन्य जिल्लाहरुमा लकडाउन कही खुकुलो बनाएको छ । सवारीमा जोरबिजोर प्रणाली लागु गरेसँगै बजार क्षेत्रमा चहलपहल बढ्न थालेको छ । जसले गर्दा संक्रमितको संख्या बढेको हुनसक्ने आशंका गरिएको छ। कास्कीमा पनि १६ गतेदेखि सार्वजनिक सवारीमा पनि जोर बिजोर लागु गरिएको छ । भने पेसा व्यवसाय पनि खुलेको छ । जसले गर्दा पोखरामा भीडभाड देखिन्छ । बुधबार ८३ जनामा कोरोना देखिएकोमा बिहीबार बढेर १ सय ५३ जना संक्रमित भएका छन्। यस्तै, मुस्ताङमा १, म्याग्दीमा १६, पर्वतमा २८ जना संक्रमित थपिएका छन् । यसैगरी गोरखामा ५४, गोरखामा १४, तनहुँमा ८, बागलुङमा ७२, स्याङ्जामा ३२ र नवलपुरमा ५० जना संक्रमित भेटिएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ हजार १ सय ९८ जना पुगको छन् । जसमध्ये २ हजार ९ सय ८१ जना सक्रिय संक्रमित छन् । प्रदेशमा कोराना जित्नको संख्या ५२ हजार २ सय ६१ पुगेको हो । देशभर १ हजार ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८ सय ५७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षणमा ९ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । पिसिआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ । यस्तै, २४ घन्टामा ४ हजार १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ । संक्रमितको संख्या बढेसँगै कोरोनाका कारण मृत्यु हुने पनि बढेका छन् । बुधबार ३ जनाको कोरोनाकै कारण मृत्यु भएको थियो भने बिहीबार बढेर ८ पुगेको हो । कास्कीका ३ सहित तनहुँ र नवलपुरका २÷२ र बागलुङका १ जनाको ज्यान गएको हो । कास्कीको पोखरा महानगरपालिका ६ की ७७ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । पोखरा ११ का ९३ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । पोखरा १३ का ५४ वर्षीय महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । तनहुँको व्यास नगरपालिका ११ की ४५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । तनहुँ कै भिमाद नगरपालिका ६ की ८१ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । नवलपुरको कावासोती नगरपालिका १ की ७८ वर्षीय महिलाको कलेज अफ मेडिकल साइन्स, चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपुर कै देवचुली नगरपालिका ९ की ६० वर्षीया महिलाको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा निधन भएको हो । बाग्लुङ नगरपालिका ७ का ४५ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचारको क्रममा ज्यान गएको हो । योसँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या ९ सय ५६ पुगेको छ । देशभर गरी थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।