Welcome to the complete news site

गण्डकीको बजेट ३६ अर्ब

0 71

पोखरा ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आर्थिक वर्ष २०७९–८० का लागि बजेट पेश गरेका छन् । बुधबार प्रदेश सभाको बैठकमा उनले ३५ अर्व ९० करोड ९० लाखको बजेट पेश गरेका हुन् । चालू आर्थिक वर्ष भन्दा बजेट करिब ६ अर्ब बढेर आएको उनले बताए ।

अर्थमन्त्री बरालका अनुसार चालुतर्फ १३ अर्व २६ करोड र पुँजीगततर्फ २२ अर्व १४ करोड बजेट ल्याइएको हो । आन्तरिक
खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो । सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् । काँग्रेस नेतृत्वको गठबन्धनको सरकारले ल्याउन लागेको यो बजेट दोस्रोपटक हो ।