Welcome to the complete news site

गणितका प्राध्यापकको गीत- ‘पसिनाले अरब सिँच्दा गाउँको बारी बाँझै

0 32

१८ असार । अमेरिकामा रहेका गणित विषयका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलकाे गीत सार्वजनिक भएको छ । निशान भट्टराईको स्वर रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ ।

गीतका शब्दहरूमा विदेशमा काम गर्ने छोरालाई आउने गा‍उँघरको याद समेटिएको छ ।

मरुभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाझै रहेको र बाबुआमाले बुढेसकालमा दुःख पाएको आम नेपालीको समस्यालाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन् ।

लमजुङको जीतामा जन्मेका घिमिरेको यसअघि २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत सार्वजनिक भएको थियो ।