Welcome to the complete news site

गठबन्धन धेरै दिन टिक्ने वाला छैन, छिट्टै चकनाचुर हुनेछः एमाले महासचिव ईश्वर पोखरेल

0 16

अहिलेको राजनीतिक गठबन्धन धेरै दिन नटिक्ने र छिट्टै चकनाचुर हुने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आरोप लगाएका छन् । नेकपा एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

महासचिव पोखरेलले भने, ‘यो गठबन्धन मुलुकको आर्थिक विकास र समृद्धिलाई रोक्नको लागि बनेको हो । त्यसैले अहिलेको गठबन्धन धेरै दिन टिक्ने वाला छैन, छिट्टै चकनाचुर हुने वाला छ ।’ समाजमा अराजकतालाई बढावा दिन गठबन्धनको निर्माण भएको उनको भनाई थियो । उक्त गठबन्धनका विरुद्ध नेकपा एमाले दृढता पूर्वक उभिने उनले बताए ।

साथै समृद्धिको कुरामा नेकपा एमाले कहिल्यै पछि नहट्ने उनले बताए । मुलुकमा राजनीतिक स्थायीत्व आवश्यक रहेको र त्यसका लागि नेकपा एमाले बाहेक अन्य विकल्प नरहेको उनको तर्क थियो । साथै एमाले राष्ट्रिय स्वाभिमानको विषयमा कहिल्यै पछाडी नहट्ने उनले बताए ।