क्यानको छनोट समिति संयोजकमा दीपेन्द्र चौधरी नियुक्त
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा दिपेन्द्र चौधरी नियुक्त भएका छन् । बिहीबार भैरहवामा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टीमका पूर्व खेलाडी दीपेन्द्र चौधरीलाई छनोट समितिको संयोजक नियुक्त गर्ने निर्णय गरेको क्यानले विज्ञप्ति मार्फत जनाएको छ ।
यसअघि नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान उत्तम कर्माचार्य छनोट समितिका संयोजक थिए । तर उनले पदबाट राजीनामान दिएपछि उक्त पद खाली थियो । त्यसमा बैठकले दिपेन्द्रलाई नियुक्त गरेको हो ।
यस्तै बैठकबाट संघले आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशन कुमार सिंह, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा कैलाश बिस्टलाई मनोनयन गर्ने निर्णय गरेको छ ।