Welcome to the complete news site

कोरोना संक्रमणदर उच्च तर प्रदेशका मन्त्रीहरु सम्मान थाप्दामै ब्यस्त

0 13

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनदिनै बढ्दै गएको छ । पछिल्लो डाटा हेर्ने हो भने गण्डकी प्रदेशमा कोरोना संक्रमणदर ५० प्रतिशत बढि देखिन्छ भने कास्कीमा परिक्षण भएका ६० प्रतिशतमा कोरोना संक्रमण दर रहेको छ । तर परिक्षणको दायरा भने बढेको देखिदैन । प्रतिपक्षमा रहदा परिक्षण दर बढाउन पर्यो भने चर्को आलोचना गर्ने माओबादीकै स्वास्थ्य मन्त्री हुँदा समेत परिक्षणको दर बढेको देखिदैन । स्बाब परिक्षणको रिपोर्ट समयमा नआउदा संक्रमितहरु कोरोना परिक्षण पछि पनि हिडडुल गर्ने गरेको कारण संक्रमण दर बढेको बिज्ञहरु बताउँछन् । बिज्ञका अनुसार स्वास्थ्य शुरक्षा मापदण्ड कडाईपुर्वक पालना नगर्दा संक्रमितको संख्या बढेको हो । स्वास्थ्य मापदण्ड जनताले मात्र होईन मन्त्रीहरुले पनि पालना नगरेको देखिन्छ । मन्त्रालयमा खादा माला लगाउनेको भिड हेर्दा यस्तो लाग्छ कोरोना हटिसक्यो । तर कोरोना संक्रमण भने दिन दुईगुणा रात चार गुना बढिरहेछ ।