कोरोना भाईरसको जोखिम न्युनिकरण र सदस्यहरुलाई संस्थागत एकता गर्दै १ र २ प्रदेशमा फोटोग्राफर महासंघ नेपाल ।
कोरोना भाईरस, कोभिड १९ बाट अग्रपंतीमा रहेर काम गर्ने फोटोग्राफरहरुमा पनि उच्च जोखिम हुन सक्ने भन्दै नेपाल फोटोग्राफर महासंघ नेपालले उच्च जोखिम रहेका एक नं प्रदेश ईटहरी र दुई नं प्रदेश बिरगञ्जका फोटोग्राफर बिचमा बृहद अन्र्तकृया सम्पन्न गरेको छ ।
सरकारले सवै क्षेत्र , समुदाय र बर्गका नागरिहरुलाई कोभिडि बिरुद्धको खोप लगाउने अभियान देशभर गरिरहेको छ । कोभिडि बिरुद्धको खोप लगाउनु पहिले भन्दा खोप लगाएपछि नागरिकहरुमा आफुलाई सुरक्षित महसुस गरि स्वास्थ्य सजगता अपनाउन छाडेपछि अग्रपंतीमा रहेर सेवा गर्ने फोटोग्राफरहरुमा पनि उच्च जोखिम बढ्न थालको महसुस गरि नेपाल फोटोग्राफर महासंघ ले यो अभियान सुरु गरेको नेपाल फोटोग्राफर महासंघ नेपालका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय ले बताए ।
कोरोना जोखिमका कारण गरिएको लक्डाउन ले ब्यवसायलाई नै धारासायी बनाई रहेको र फेरी दोहोरिएको कोरोना भाईरस र तेस्रो पटक पनि नया भेरियन्ट आउने सम्भावना लाई मध्यनजर गदै ब्यवसायीक एकता तथा सदस्य उत्थानका लागि संघ सधै लागि पर्ने उपाध्यायले बताए ।
श्रावाण १३ गते देखि १६ गते सम्म १ नं प्रदेश र २ नं प्रदेशका जिल्लाहरुमा फोटोग्राफी क्षेत्रको बिकास र प्रर्वद्धनको लागि महासंघको आवश्यकता शिर्षकमा अन्र्तकृया गरिएको र बिशेष गरि कोरोना भाईरसको उच्च जोखिम रहेका जिल्लाका सदस्यहरुलाई संस्थागत एकता र कोरोना संक्रमणबाट कसरी सुरक्षीत रहेर काम गर्ने भन्ने कुराको बारे छलफल गरिएको संस्थाका कोषाध्यक्ष तुलसी राम सुवेदी ले जानाकारी दिए ।
२०७८÷श्रावण १४ गते एक नं प्रदेशको ,मोरड., सुनसरी र झापा का ६० जना फोटोग्राफरहरुको ईटहरी र १६ गते पर्शा र बाराका ८० जना फोटोग्राफरहरुको सहभागितामा बिरगञ्जमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल फोटोग्राफर महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल , उपाध्यक्ष दुर्गा प्रसाद पौडेल , महासचिव भवदेव थापा , कोषाध्यक्ष तुलसी राम सुवेदी , सदस्यहरु केसर बहादुर थापा, माधव पंथ, दिनेश अर्याल र सल्लाहकार गणेश छविको सहभागिता रहेको थियो ।
अन्र्तक्रिया संगसंगै सोहि दिन सुनसरी फोटोग्राफर संघको तदर्थ समितिको संयोजकको रूपमा खुमानन्द चापागाई संयोजक चयन गरियो भने बिरगंजमा ओम प्रकाश कुशवाहा को संयोजकत्वमा १९ सदस्यीय पर्सा फोटो तथा भिडियोग्राफी एसोसिएसन गठन भयो ।