काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार विभिन्न जिल्लामा गरिएको ६ हजार पीसीआर परीक्षणमा १ हजार ३५३ जनामा कोरोना पुष्टि भएको हो।
यसैगरी, ३ हजार ८३६ एन्टिजेन परीक्षणमा ५६७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३३ हजार ६७९ पुगेको छ ।
यस्तै, २४ घण्टामा ३ हजार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ८४ हजार ३३४ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ३४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।