कोभिड १९ अपडेटः कास्कीका २ सहित गण्डकीमा ६ जनाको मृत्यु
कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा २ सय १३ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यस्तै गण्डकी प्रदेशबाट थप कास्कीका २ जना, स्याङजाका १ जना र नवलपुरका ३ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
सुरक्षित र सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
थप विवरणः