Welcome to the complete news site

के तपाई मोबाइलको ब्लूतुथ अन नै राख्नुहुन्छ ? हुन सक्छ यस्तो खतरा !

0 5

काठमाडौं । सबै स्मार्ट फोनमा ब्लूतुथको सुविधा दिइएको हुन्छ । जसले अन्य फोन एवम् विद्युतीय साम्रग्रीसँग सजिलै कनेक्ट गर्न सकिन्छ ।

कोही मानिसहरू सधै ब्लूतुथ अन नै राख्ने गर्छन् । जुन खतरा हुन सक्छ । जुन खतरालाई ब्लू बगिङ् भनिन्छ ।

ह्याकरहरूले तपाईंको ब्लूतुथबाट मोबाइल ह्याक गर्न सक्छन् र तपाईँको मोबाइलसम्म पहुँच पुर्‍याएर ठूलो नोक्सान गर्न सक्छन् । मोबाइलमा रहेका गोप्य डाटाहरू, बैंक खातासम्म उनीहरू पहुँच पुर्‍याउन सक्छन् ।

ब्लू बगिङ् एक प्रकारको ह्याकिङ सिस्टम हो । जसमा ह्याकरले पीडितको मोबाइलको एक्सेस लिएर मेलवेयर इन्स्टल गर्छन् । ब्लूतुथबाट मोबाइलको एक्सेसमा पुगेपछि ह्याकरले सजिलै फोनको लक पनि अनलक गर्न सक्छन् ।

यसमा पीडितलाई आफ्नो मोबाइलमा अरूको पहुँच पुगेको पत्तो पनि हुँदैन । एक पटक् ह्याकरले पीडितको फोनमा पहुँच पुर्‍याएर मेलवेयर इन्जेक्ट गर्छन् मेलवेयरको सहायताबाट पीडितको फोनको सम्पूर्ण अनुमति ह्याकरले पाउँछन् ।

फोनमा भएको गोप्य फाइलहरू पनि हेर्न सक्छन् साथै कल रेकर्डसमेत गर्न सक्छन् ।

ब्लू बगिङ् रोक्नका लागि सार्वजनिक स्थानमा ब्लूतुथ सधैँ बन्द गर्नुपर्छ साथै कुनै पनि अज्ञात उपकरणबाट जोडिन अनुरोध आए स्वीकार गर्नुहुन्न ।