Welcome to the complete news site

के छ आजको विदेशी मुद्राको विनिमयदर ?

0 15

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ९० पैसा र विक्रीदर १३६ रुपैयाँ ५८ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १० पैसा र विक्रीदर १५९ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७७ पैसा र विक्रीदर १२९ रुपैयाँ ४२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र विक्रीदर ८७ रुपैयाँ ११ पैसा रहेको छ ।​क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ । साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६३ पैसा र विक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।