Welcome to the complete news site

कास्कीमा थपियो निषेधाज्ञा :के गर्न पाइन्छ/पाइदैन हेर्नुस्

0 61

असार ६ ,पोखरा ।

कास्की जिल्लामा निषेधाज्ञा थपिएको छ ।जिल्ला प्रशासन कार्यलय कास्कीले आइतबार साँझ आदेश जारी गर्दै असार १८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।निषेधाज्ञा अवधीमा सर्वाजनिक सवारी साधन चल्न पाउने छैनन् भने निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । जोर गते जोर र विजोर गते विजोर सवारी साधन गुड्न पाउने व्यबस्था गरिएको छ ।दैनिक उपभोग्य सामान विक्री वितरण गर्ने खाद्यन्न पसल भने विहान ५ बजेदखी मध्यान्न १२ बजेसम्म खोल्न पाइने छ ।पसल संचालन गर्दा अनिवार्य २ मिटरको भौतिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।