Welcome to the complete news site

कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्यो, बिरामीको मृत्यु भएको छ

0 36

पोखरा, १७ असार/ कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि बाढी र पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि बाढी पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । चालकले भागेर ज्यान जोगाएका थिए । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।