Welcome to the complete news site

कहिले मन्दिर, कहिले बाटोमा सुतिन् मेहनत गर्न छोडिनन् : आज बनिन् माइक्रोसफ्टकी उच्च अधिकारी

0 63

भनिन्छ दिवा सपना तब मात्रै पूरा हुन्छ जसले निदाउन दिदैन । कडा परिश्रम र समर्पणसँग एक व्यक्ति आफ्नो भाग्य बदल्न सक्छ।

जीवन सधैं उस्तै रहँदैन । परिवर्तन गर्न उ स्वयं निरन्तर लाग्नुपर्दछ । यो महिलाको कथा यसको प्रमाण हो।

ट्विटरमा आफ्नो कथा साझा गर्दै एक महिलाले आफूसँग कम्प्युटर किन्ने पैसा कहिल्यै थिएन र आज उनी विश्वको शीर्ष टेक कम्पनीमा शीर्ष पदमा काम गर्छिन् ।

शाहिना अत्तरवाला विश्वकै ठूलो कम्पनी माइक्रोसफ्टमा प्रोडक्ट डिजाइन म्यानेजर हुन् । तर जीवन सधैं उस्तै थिएन।

ट्वीटरमा आफ्नो वितेको दिन शेयर गर्दै उनले सबैलाई स्तब्ध बनाएकी छिन् । उनले लेखेकी छिन् कि कुनै समय उनी मुम्बईको सुकुम्बासी बस्तीमा बस्थिन् । त्यहाँपनि कहिलेकाही प्रहरीले घर भत्काइदिन्थ्यो ।

बास कहिले मन्दिरमा त कहिले पाटी–पौवामा हुन्थ्यो । कहिले त बाटोमैपनि रात बितथ्यो ।

आज दुनियाँका मानिसको सपनाको सहर मुम्बईको ठूलो अपार्टमेन्टमा बस्छिन् । नेटफ्लिक्स श्रृंखलामा शाहिनाले आफ्नो पुरानो देखेपछि ट्विटरमा आफ्नो विगतको जीवनको बारेमा बताएकी थिइन्।

नेटफ्लिक्सको सिरिज ‘ब्याड ब्वाई बिलियनियर्सः इन्डिया’ मा मुम्बईको एउटा बस्ती देखाइएको थियो। म २०१५ पछि यता एक्लै बस्न थालेको थिएँ । त्यसअघि म त्यही बस्तीमा हुर्किएँ।

तपाईंले यो तस्वीरमा देख्नुहुने घरहरू मध्ये एउटा मेरो घर थियो। अहिले भने राम्रो शौचालयको सुविधा पनि देखिएको छ तर पहिले त्यो थिएन ।

‘२०२१ मा मेरो परिवार आकाश देखिने अग्लो घर सूर्यको किरण र उज्यालो आउने घरमा सर्यो। यो घर हरियाली र चराहरूले घेरिएको छ।

मेरो बुबाले दिनभरी काम गर्ने तयारी गर्नुहुन्थ्यो, हामी सडकमा सुत्ने गर्दथ्यौं र अहिले सपनामा पनि नसक्ने जीवन बाँचिरहेको थिए । भाग्य र मेहनत धेरै महत्त्वपूर्ण छ।

एनडीटीभीसँगको कुराकानीमा शाहिनाले आफू दर्गा गल्लीमा बस्ने बताइन् । यो बस्ती बान्द्रा रेलवे स्टेशन नजिक थियो। उनका बुबा उत्तर प्रदेशबाट मुम्बई आएर आवश्यक तेल बेच्ने गर्थे। बस्तीमा जीवन निकै कष्टकर भएको शाहिनाले बताइन् । उनीहरूले त्यहाँ भेदभाव, दुव्र्यवहार जस्ता सबै कठिनाइहरूको सामना गर्नुपरेको थियो।

शाहिनाको भनाइमा, १५ वर्षको उमेर पुग्दा मैले आफ्नो वरपर धेरै असहाय, आश्रित, उत्पीडित महिलाहरू देखेँ। उनीहरूलाई आफ्नो जीवन जिउने वा आफ्नै निर्णय गर्ने स्वतन्त्रता थिएन। मैले यसलाई मेरो भाग्यको रूपमा स्वीकार गर्न सकिन।

पहिलो पटक कम्प्युटर हेरेपछि शाहिना निकै जिज्ञासु भइन् । कम्प्यूटरको अगाडि बस्नेले जीवनमा धेरै अवसर पाउँछन् भन्ने शाहिनाले महसुस गरेकी छन् । उनले बुबालाई कम्प्युटर कक्षामा भर्ना गर्न मनाइन् ।

बुवाले ऋण लिएर भर्ना गराए । शाहिनाले पढ्दा कहिलै खाजा खाइनन् र कम्प्युटर किन्न पैसा जोगाउन हिँडेरै घर फर्किइन् ।

पहिले उनले प्रोग्रामिङमा आफ्नो भाग्यको प्रयास गरिन् । त्यसपछि डिजाइनमा क्यारियर बनाउने प्रयास गरिन् । वर्षौंको कडा परिश्रम पछि, उनको परिवार अन्ततः मुम्बईको एउटा राम्रो अपार्टमेण्टमा सर्यो।

शाहिनाले युवतीहरुलाई सन्देश दिईन्– शिक्षा, सीप, करियरका लागि जे गर्नु पर्छ गर । यो लाईफ गेम चेन्जर साबित हुनेछ।
sabhar -जनबोली न्यूज नेटवर्क