Welcome to the complete news site

कस्मेटिक ब्यवसायी संघको तीज कार्यक्रम

0 15

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा कस्मेटिक ब्यवसायी संघ कास्कीले शुभकामना आदान प्रदान तथा दिदिबहिनी भेटघाट कार्यक्रम गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका महिला समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी चिनु गुरुङले ब्युटीसियन र कस्मेटिक ब्यवासीबीचको सम्बन्ध नङ र मासु जस्तै गहिरो रहेको बताउनु भयो । उहाँले कला र सिपको महत्वलाई जोड दिदै व्यक्तित्व बिकासका लागि शृंगार दुवै महिला र पुरुषलाइ आवश्यक रहनेमा जोड दिनुभयो ।

त्यसै गरी पोखरा उधोग वाणिज्य संघका उपमहासचिव शोभा गौतमले संस्थाले गरेका गतिबिधिहरु को प्रशंसा गर्दै आर्थिक मन्दीको बेला कस्मेटिक ब्यवसायीलाइ बिचलित नहुन आग्रह गर्नु भयो ।

संस्थाका अध्यक्ष दुर्गा बरालको सभाअध्यक्षता भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बिष्णु बास्तोला, थोक व्यवासायी संघको अध्यक्ष टीका राम सुवेदी, फेन्एसी तथा रेडीमेड व्ययवसायी संघ को अध्यक्ष नारायण पनेरू, द्रितिय उपाध्यक्ष सारदा बराल ,संचारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले हरि तालिका तीजको महत्व बारे जानकारी दिदै शुभकामना दिनुभएको थियो भने कार्यक्रममा ब्लूम ( हाउस अफको कस्मेटिक प्रा.लि)का प्रकाश गिरी, सोनाटा कस्मेटिकक प्रा.लि) का केशर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन संस्थाका महासचिव महेन्द्र पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष लक्ष्मण आचार्य र धन्यवाद मन्तब्य कार्यक्रम संयोजक पुष्पा मरासिनीले गर्नुभयो ।