कलम बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं साधारणसभा सम्पन्न “कलम सम्मान – २०७८” बाट पत्रकार तथा अभियन्ता पाैडेल सम्मानित
पाेखरा, २३, असाेज । कलम बचत तथा ऋण सहकारी संस्थाकाे एघारौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाका अवसरमा कलम सम्मान २०७८ बाट पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पाैडेल सम्मानित भएकी छिन् ।
पत्रकारितासंगै समाज विकसका लागि विभिन्न अभियान तथा प्रशिक्षण मार्फत सामाज सेवामा अतुलनीय याेगदान पुर्याएकाे भन्दै पाैडेललाइ माला,दाेसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरिएकाे हाे ।
पाैडेल संगै उत्कृष्ट वचतकर्ता ढाकामाेहन पाैडेल, उत्कृष्ट काराेवार तर्फ कविन्द्र पाेखरेल तर्फ , असल काराेवार तर्फ अनील बुडागामी , उत्कृष्ट कर्मचारी तर्फ सहायक व्यवस्थापक संगिता पाेखरेल र वजार प्रतिनिधि सीता गुरुङलाइ सम्मान गरिएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि सहकारी कार्यलय गण्डकी प्रदेशका रजिस्ट्रार उदय बहादुर पराजुली र सभाध्यक्ष सहकारीका अध्यक्ष अर्जुन प्रसाद पाेख्रेलले सम्मानित व्यक्तित्वहरुलाइ सम्मान गरेका हुन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पराजुलीले सहकारीका माध्यमबाट अार्थिक तथा सामाजिक सशक्तीकरण भएकाे भन्दै सहकारीकाे सिद्वान्त अनुरुप सहकारी सञ्चालन हुनुपर्ने अावश्यकता अाैलाउनुभयाे । साथै कलम सहकारीले छाेटाे समयमा नै अाफुलाइ स्थापित गर्न सफल भएकाे बताए ।
कार्यक्रममा सम्मानित व्यक्तित्व पत्रकार तथा युवा उत्प्रेरक सुष्मा पाैडेल , संस्थापक अध्यक्ष प्रेमकुमार श्रेष्ठ , जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष अम्बिका गाैतम, जिल्ला बचत संघ कास्कीका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी त्रिपाठी , पाेखरा उद्योग बाणिज्य संघका सदस्य हिरामणी पण्डित , लेखा परिक्षण संघ कास्कीका पुर्व अध्यक्ष रुद्र नाथ पाैडेल मेनेजर क्लवका सचिव हरिप्रसाद पन्थी , वुद्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व रेग्मी लगायतले बाेलेका थिए ।
कार्यक्रममा अध्यक्ष अर्जुन पाैडेलले अध्यक्षकाे प्रतिवेदन ,उपाध्यक्ष मनाेहरी सापकोटाले स्वागत मंतव्य व्यक्त गर्नुभएकाे थियाे भने सम्मानित व्यक्तिकाे परिचय शिव त्रिपाठीले प्रस्तुत गर्नुभएको थियाे ।
कार्यक्रममा शेयर सदस्यका तर्फबाट लक्षमी काेइराला, शंकर ज्ञवालीले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन सचिव राजेन्द्र घिमिरेले गरेका थिए ।