Welcome to the complete news site

कलकत्ताबाट सहयोग मेलम्चीका बाढीपीडितलाई

0 16

पोखरा । मेलम्चीका बाढीपीडितलाई भारतको पश्चिम बंगाल कलकत्तामा रहेका नेपालीले राहत सहयोग गरेका छन् । पूर्व मन्त्री मोहनबहादुर बस्नेतमार्फत मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललाई राहतस्वरुप ५ लाख रुपैयाँ हस्तान्तरण गरियो । आगामी दिनमा आवास निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता जानकी माता नेपाली धार्मिक संघका पदाधिकारी तथा सदस्यले गरेका छन् । राहत प्रदान गर्न कलकत्ताबाट भीमबहादुर श्रेष्ठ, गुञ्जदाश श्रेष्ठ, मोहन सिंह, अनिल पाण्डे, अंकित पाण्डे, किशोर थापा क्षेत्री, लक्ष्मण खड्का, विन्दा श्रेष्ठ, रमिता कार्की सिंह, सन्तोषी सिंह, बहादुर श्रेष्ठ, खिमबहादुर श्रेष्ठ, रिपुनारायण श्रेष्ठ, रामकृष्ण पन्त, नारायण श्रेष्ठ, जयबहादुर श्रेष्ठ, फत्तेबहादुर श्रेष्ठ, महेश्वर कार्की, सिद्धार्थ सिंह, नरविक्रम थापा, किशोर थापा, समिता कार्की, रुक्मिणी कार्की लगायत उपस्थित थिए । यस्तै, सल्लाहकार धर्मराज बराल, नेपाल पारवाहनका पूर्व प्रमुख लक्ष्मण खड्काको सहयोग थियो । गोरखनाथ सेवा समिति, प्रवासी नेपाली सेवा संघ, जगत सुधार बौद्ध समिति, सत्यवती धार्मिक नेपाली समिति, सूर्योदय नेपाली समिति लगायत संस्थाले सक्रियतापूर्वक राहत व्यवस्था गरेका थिए । सो कार्यमा संयुक्त नेपाली केन्द्रीय सेवा संघ कलकत्ता, नेपाली जनकल्याण समिति हावडाबाट समेत सहयोग भएको बताइएको छ । यसअघि २०७२ सालको विनासकारी भूकम्पमा पनि कलकत्ताका नेपालीबाट करिब ६० लाखको राहत सामग्री नेपाल पठाइएको भीमबहादुर श्रेष्ठले जानकारी दिए । कलकत्ता बस्ने नेपाली समुदायले रक्तदान, एम्बुलेन्स सेवा, भानुजयन्ती, साहित्यिक सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रम, गंगासागर मेलामा यात्रीलार्य खाने बस्ने, उपचार सेवा नेपाली चाडपर्व भव्यतापूर्वक मनाउँदै आएका छन् ।