Welcome to the complete news site

कन्या क्याम्पसद्धारा क्युएए प्रमाणपत्र प्राप्त

0 42

पोखरा–३ नदिपुरमा रहेको कन्या क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए)प्रमाणपत्र प्राप्त गरेको छ ।

गण्डकी प्रदेशकै एक मात्र छात्राहरुले अध्ययन गर्ने कन्या क्याम्पसले बिश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनकृत (क्युएए) प्रमाणपत्र प्राप्त गरेको हो ।

QAA cerrtificate final

क्याम्पसले उक्त मान्यता २०७६ पौष १४ गते क्यु ए.ए चक्र पुरा गरी गएको फागुन २३ गते प्राप्त गरेको बुधबार क्याम्पसमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बौल्दै क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष शिबलाल मल्लले बिभिन्न कठिन अबस्था तथा संघर्षका बाबजुत क्याम्पसले सो उपलब्धि हाँसिल गरेको बताए । उपलब्धि संगसगैँ अब चुनौति समेत थपिएको उनको भनाई थियो ।

क्याम्पस प्रमुख सुरेश कुमार मानन्धरले प्रमाणपत्र प्राप्त गरेपछि थप हौसला बढेको बताए । आगामी दिनमा क्याम्पसलाई अझ सशक्त रुपमा अगाडि लैजाने उनले प्रतिवद्धता व्यक्त गरे ।

सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले क्याम्पसले बजारको आवश्यकता अनुसार आफ्नै पाठ्यक्रमको बिकास गरी नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । अब क्याम्पसलाई मानित बिश्वबिद्यालयको रुपमा स्थापित गर्ने योजना रहेको उनले उल्लेख गरे ।

क्युएए प्रमाणपत्र हाँसिल गर्न आयोगले निर्धारण गरेका बिभिन्न १२० सुचकहरुको आधारमा न्युनतम अंक ५० प्रतिशत हासिल गरेपछि मात्र प्रदान गर्ने गरिन्छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त शैंक्षिक संस्थाले अन्तर्राष्ट्रिय स्तरमा गुणस्तर प्राप्त क्याम्पसको मान्यता प्राप्त गर्ने प्रावधान रहेको छ ।

उक्त क्युएए को प्रमाणपत्रको अबधि ५ बर्षको हुनेछ । अब क्याम्पसले बार्षिकरुपमा यसको लागि प्रतिवेदन पेस गर्दै जानु पर्ने हुन्छ । त्यसले मान्यता पाए सँगै समय थप हुदै जानेछ ।

२०४८ सालमा स्थापना भएको क्याम्पसमा हाल कक्षा ११, १२ स्नातक र स्नाकोत्तर तहका बिभिन्न संकायका कक्षाहरु सञ्चालन हुदै आइरहेका छन् । त्रिबि अन्र्तगतको सामुदायिक क्याम्पसमा हाल ६ सय ७६ छात्राहरु अध्ययनरत रहेका छन् भने कुल ४४ जना प्राध्यापक तथा १२ जना कर्मचारी कार्यरत रहेको क्याम्पस प्रशासनले जनाएको छ ।