Welcome to the complete news site

ओलम्पिकमा नाटकीय मोड : गोपीको ठाउँमा सरस्वतीले ओलम्पिक खेल्ने!

टोकियो २०२० ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्समा सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सहभागिता जनाउने भएकी छिन् । यसअघि पुरुष म्याराथनमा गोपिचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनेपनि विश्व एथलेटिक्सले सार्वजनिक गरेको छनोट खेलाडी सुचिमा नेपालबाट सरस्वतीको नाम रहेको छ । गोपीको नाम भने सुचिमा छैन ।

0 42

बिहीबार, असार १७, २०७८ गोपीको सहभागिताको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल भएको थियो । ओलम्पिकको लागि लामो समयदेखि तयारीमा रहेको उनको नाम अन्तिम समयमा आएर नेपाल ओलम्पिकक कमिटीकै तयारी सुचिमा नभएपछि उनको सहभागितामा शंका उत्पन्न भएको थियो । नेपालबाट ओलम्पिकमा भाग लिने खेलाडीका लागि राखेपले बुधबारबाट सोल्टी होटलमा राख्ने व्यवस्था गरेको थियो ।

राखेपतर्फबाट राष्ट्रिय टोली तयारी समितिका प्रमुख महेन्द्र राईलाई खेलाडीको व्यवस्थापनको जिम्मेवारी दिएको थियो । उनले गोपीलाई बुधबार होटल आउन खबर पनि गरेका थिए । तर पछि एनओसीले पठाएको सुचीमा उनको नाम नदेखेपछि राईले गोपीलाई फोन गरेर अहिले नआउन जानकारी गराएका थिए ।

गोपीको सहभागिताको विषयमा छलफल गर्न एनओसीमा बिहीबार दिउँसो छलफल भएको थियो । ओलम्पिकको लागि लामो समयदेखि तयारीमा रहेको उनको नाम अन्तिम समयमा आएर नेपाल ओलम्पिकक कमिटीकै तयारी सुचिमा नभएपछि उनको सहभागितामा शंका उत्पन्न भएको थियो । नेपालबाट ओलम्पिकमा भाग लिने खेलाडीका लागि राखेपले बुधबारबाट सोल्टी होटलमा राख्ने व्यवस्था गरेको थियो ।

राखेपतर्फबाट राष्ट्रिय टोली तयारी समितिका प्रमुख महेन्द्र राईलाई खेलाडीको व्यवस्थापनको जिम्मेवारी दिएको थियो । उनले गोपीलाई बुधबार होटल आउन खबर पनि गरेका थिए । तर पछि एनओसीले पठाएको सुचीमा उनको नाम नदेखेपछि राईले गोपीलाई फोन गरेर अहिले नआउन जानकारी गराएका थिए ।

एनओसीकै स्वृकितीमा गत वर्ष नेपालगन्ज म्याराथनको टोकियो ओलम्पिकका लागि म्याराथनको छनोट भएको थियो । त्यसमा गोपी विजयी भएका थिए । तर गोपीको नाम ओलम्पिक खेल्ने सुचिमा नभएपछि संघ र ओलम्पिकका प्रतिनिधिसँगै आज छलफल हुँदैछ । दुवैले हालसम्म कुनै अधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । गोपी नेपालगन्ज म्याराथनपछि नियमित प्रशिक्षणमा छन् । उनलाई एपिएफकै सन्तोष श्रेष्ठले प्रशिक्षण दिदै आएका छन् ।

ओलम्पिक जाने भनिएका ५ मध्ये पौडीकी गौरिका सिंह बेलायतमै छन् भने बाँकी खेलाडी नेपालमा तयारी गरिरहेका छन् । युनिभर्सालिटी कोटामा पौडीकी गौरिका र एलेक्स शाह तथा एथलेटिक्सबाट गोपीको नाम रहेको एनओसीले जानकारी दिँदै आएको थियो । तर एथलेटिक्समा भने अन्तिम समयमा गोपीको स्थानमा सरस्वती खेल्ने भएकी छिन् ।

सुटिङकी कल्पना परिवार र जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड पाएका थिए । एलेक्स, कल्पना र सोनिया तथा उनीहरुका प्रशिक्षक भने बुधबारदेखि सोल्टी होटलमा बसेका छन् । ओलम्पिकमा जानुअघि सम्म उनीलाई राखेपले होटलमै राख्ने बताइएको छ ।

शुक्रबार एनओसीले ओलम्पिक सहभागिताका लागि स्प्रिन्टरको नाम मागेपछि नेपाल एथलेटिक्स संघले सरस्वती चौधरीको नाम पठाएको थियो । संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘एनओसीले स्प्रिन्टरको नाम मागेपछि हामीले अहिले हामीसँग भएको उत्कृष्ट मध्ये र विश्व च्याम्पियनसिप पनि खेलेकोले सरस्वतीको नाम पठाएका छौं ।’