ओकिनावामा सामूहिक संक्रमण : एकसाथ १६ जनाको मृत्यु
२०७८ असार १७ जापानको दक्षिणी प्रान्त ओकिनावाको उरुमा शहरको एक सरकारी अस्पतालमा कोरोना भाइरसको सामूहिक संक्रमण कारण १६ जनाको मृत्यु भएको छ । प्राप्तका जनस्वास्थ्य तथा चिकित्सा सेवा विभागका प्रमुख ओशिरो रेइकोले यसको पुष्टि गर्नुभएको हो ।
अधिकारीहरुले सामूहिक संक्रमणबाट ५० जना प्रभावित भएको र तीमध्ये ३६ जना सर्वसाधारण र १४ जना अस्पतालका कर्मचारी थिए । ओशिरोले यो घटना ओकिनावा चुबु अस्पतालमामा घेको बताउँदै यो अस्पतालमा कोरोना भाइरस संक्रमणका गम्भीर बिरामीहरुको उपचार भैरहेको थियो ।