Welcome to the complete news site

एमाले उठ्दा सदन रोकियो

0 39

पोखरा । प्रतिपक्षी दल एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगीत भएको छ । बजेट छलफलका लागि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको फेहरिस्थ मागेर सदन रोकेको हो । असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो । यो रकम नातागोता र कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप लगाएको छ । ‘के कारणले रकमान्तर गर्नुप¥यो ? योजना कसरी छनोट भए ?,’ एमाले सांसद रामशरण बस्नेतले भने, ‘यसको फेहरिस्थ नआउँदासम्म यो सदन अघि बढ्न नसक्ने जानकारी गराउँछु ।’ असार १ गते बजेट ल्याएपछि अहिलेसम्म संसद चलेको थिएन । रातो र गुलावी किताव तयार गरेपछि आइतबारदेखि बैठक सन्चालन गर्न लागिएको हो । बस्नेतले सरकारको कार्यशैली खेदजनक भएको बताए । अहिलेको बजेट ऐन नियम अनुसार नमिलेको उनको तर्क छ ।