Welcome to the complete news site

एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक जारी

0 45

नेकपा एमालेले महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

‘समसामयिक राजनीतिबारे अझै फराकिलो र केही निर्णय गर्नुपर्ने भएकोले असार १६ मा बैठक राखिएको छ,’ उनले भने।

पार्टी सदस्यता नवीकरणका कामलाई तीव्रता दिने निर्णय पनि भएको छ।

बैठकमा नेता माधवकुमार नेपाल पक्ष विपक्षी गठबन्धनमा लागेकोबारे पनि छलफल भएको थियो।जनता र कार्यकर्ताको चाहनाअनुसार नेता नेपालको क्रियाकलाप मेल नखाएको ज्ञवालीले बताए।