एमसीसी उपाध्यक्षलाई बोलाएर राष्ट्रघाती सम्झौता देउवा सरकारले गर्दैछ
एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ । सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष भीम रावलले शेरबहादुर देउवाले एमसीसी अघि बढाउन खोजेको आरोप लगाएका छन् । एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर देउवाले राष्ट्रघाती सम्झौता गर्न खोजेको रावलको आरोप छ । सुरुदेखि नै एमसीसीको चर्को विरोध गर्दै आएका रावलले शुक्रबार ट्वीटरमार्फत अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका हुन् । ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ’, रावलले भनेक छन्, ‘सरकार जनअनुमोदित होइन । देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’ एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् ।