ऋषभ पन्तलाई कोरोना संक्रमण
एजेन्सी – भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कोरोना संक्रमण देखिएको छ । भारतीय टोली अगष्ट पहिलो साता इंग्ल्यान्डसँग हुने पहिलो टेस्टको लागि डरहम भ्रमण गर्दा पन्त जाने छैनन् । पन्त क्वारेनटाइनमा छन् ।
अघिल्लो महिना इंग्ल्यान्डका भएको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । उक्त फाइनलपछि भारतले आफ्ना खेलाडीलाई २१ दिनको छुट्टी दिएको थियो । पन्त गत जुन ३० मा यूरोकप फुटबल अन्तर्गत इंग्ल्यान्ड र जमर्नीसँगको खेल हेर्न वेम्बली स्टेडियम गएका थिए । जसक्रममा कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ ।
भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिजको पहिलो खेल अगष्ट चारदेखि सुरु हुने छ । विश्व टेस्ट च्याम्पियनसिप २०२१/२३ को यस सिरिज दुबै टोलीलाई निकै महत्वपूर्ण रहेको छ । भारतले २० जुलाईबाट अभ्यास खेल खेल्ने कार्यक्रम छ । भारत र इंग्ल्यान्डबीचको पाँच टेस्ट सिरिजलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन ओडिआई खेलमा दर्शक सहित खेल भएको थियो । इंग्ल्यान्डले पाकिस्तानसँग तीन टि२० आई सिरिज खेल्ने छ । पहिलो खेल शुक्रबार हुने छ । त्यसपछि भारतविरुद्ध टेस्टको लागि टोली घोषणा गर्ने छ ।