Welcome to the complete news site

उजुरी दर्ता भएपछि शिल्पा शेट्टीले जारी गरिन् बयान : भनिन्, ‘मलाई असाध्यै पीडा हुन्छ’

0 11

शिल्पा शेट्टी र उनका श्रीमान् राज कुन्द्राविरुद्ध मुम्बई थानामा उजुरी दर्ता भएको छ । नितिन बरई नामका एक व्यक्तिले यो जोडीविरुद्ध १.५१ करोडको मुद्दा दर्ता गराएका छन् । यसकारण शिल्पा र राज पुनः खबरमा छाएका छन् । अब यो मामिलामा शिल्पाले आफ्नो आधिकारिक बयान जारी गरेकी छिन् ।

मलाई केही थाहा छैनः

शिल्पा शेट्टी सोसल मिडियामा आफ्नो बयान जारी गर्दै यसबारे थाहा पाउँदा आफू निकै चकित परेको बताइन् । उनले लेखेकी छिन्, ‘बिहान उठ्ने बित्तिकै म र राजविरुद्ध एफआईआर दर्ता भएको थाहा भयो । मलाई यो कुराले झट्का दियो । म भन्न चाहन्छु कि एसएफएल फिटनेस एउटा भेन्चर हो जसलाई काशिफ चलाउन चाहन्थे । उनले यो ब्रान्ड नामबाट देशभरी फिटनेस जिम खोल्नका लागि राइट्स लिएका थिए । सबै सम्झौतमा उनैले हस्ताक्षर गर्दथे र उनैलाई यसको जिम्मा दिइएको थियो । हामीलाई न त कुनै कारोबारबारे थाहा छ, न नै उनीसँग कुनै पैसा लिएका छौं ।