ई-बुकको मूल्य मनपरी बढाएको भन्दै अमेजन विरुद्ध मुद्दा
पाँच किताब प्रकाशकसँग मिलेर ई-बुकको मूल्य उच्च बनाएको भन्दै अमेजनविरुद्द अदालतमा मुद्दा दायर भएको छ । हेगेन्स बर्मन नामक ल फर्मले अमेजनविरुद्ध अमेरिकाको संघीय जिल्ला अदालतमा साे मुद्धा दर्ता गराएको हो ।
उक्त फर्मका अनुसार प्रकाशकले अमेजनलाई उच्च कमिसनका साथै अन्य खर्च उपलब्ध गराउँदा ई-बुकको रिटेल मूल्य वृद्धि भएको उल्लेख गरिएको छ ।
अमेजन र हार्परकोलिन्स, ह्याचेट बुक ग्रुप, पेन्गुइन, र्याण्डम हाउस, सिमोन एण्ड सुस्टर र म्याकमिलन जस्ता प्रकासकसँग मिलेर ई-बुक बढाउने काम गरेको उल्लेख गरेको छ ।
यी पाँच प्रकाशकले पनि अमेरिकाको ई–बुकमा ८० प्रतिशत बजार ओगटेका छन् । उनीहरुले अमेजनलाई ठूलो मात्रामा कमिसन उपलब्ध गरउँदा बजारमा बिक्री हुने ई-बुकको मूल्यमा समेत असर परिरहेको साे रिटमा उल्लेख छ ।