Welcome to the complete news site

आज रिहा होलान् त आर्यन खान ?

0 10

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान केही समयदेखि मुम्बई क्रुज ड्रग्सको मामिलामा अर्थर रोड जेलमा छन् । उनको जमानत याचिकाको विषयमा आज अर्थात् २६ अक्टोबरमा बम्बे हाइकोर्टले सुनुवाइ गर्दैछ । आजै यही मामिलामा पक्राउ परेका फेशन मोडल मुनमुन धचेवाको जमानत याचिकाको विषयमा पनि सुनुवाई रहेको छ ।

खबरका अनुसार बम्बे हाइकोटले आर्यन खानको जमानत याचिका ५७ औँ नम्बरमा सूचीकृत गरेको छ । अरबाज मर्चेन्टको जमानत याचिका भने ६४ औँ​ नम्बरमा छ ।

आर्यनको याचिकाको विषयमा सुनुवाई हुने दिन भएकोले आज शाहरुख र गौरीका लागि महत्वपूर्ण दिन हो । हाइकोर्टले आर्यनलाई रिहाई गर्छ वा एनसीबीले उनको विषयमा नयाँ बाधा ल्याउँछ, त्यो भने प्रतीक्षाको विषय हो ।

यदि आज आर्यनलाई जमानत मिलेन भने उनको मुश्किल झनै बढ्नेछ । किनभने अब अदालत अक्टोबर २९ सम्म खुल्नेछ । त्यसपछि शनिबार र आइतबार बिदा छ । त्यसपछि फेरि दीवालीको बिदा सुरु हुन्छ । शनिबार अदालतमा केसको फाइलिङ त हुन्छ । सुनुवाइको फैसला न्यायाधीशले चाहे भने लिन सक्नेछन् ।