Welcome to the complete news site

आज देशभरका स्थानीय तहको बजेट आउँदै

0 19
  • बिहिबार, असार १०, २०७८

काठमाडौं ।  स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् ।

अधिकांश पालिकाले आजै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर स्थानीय तहका प्रतिनिधिले भने प्रदेशले बजेट सार्वजनिक गरेको १० दिनभित्र बजेट सार्वजनिक गर्न कठिनाई भएको गुनासो गर्दै आएका छन् ।

सङ्घीय र प्रदेश सरकारले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिसकेका छन् ।