आज एक अमेरिकी डलर साट्दा कति तिर्नुपर्छ ?
काठमाडौं-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर १२०.४३ रुपैयाँ तोकेको छ । यस्तै, खरिद दर ११९.८३ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । एक यूरोको बिक्री मूल्य १३९.९९ रुपैयाँ र खरिद मूल्य १३९.३० रुपैयाँ कायम हुँदा पाउण्ड स्टर्लिङको बिक्री १६५.८६ र खरिद मूल्य १६५.०३ रुपैयाँ कायम भएको छ ।
१३१.०६ रुपैयाँमा बिक्री भइरहेको स्वीस फ्र्यांकको खरिद दर १३०.४१ रुपैयाँमा भइरहेको छ । यस्तै, अष्ट्रेलियन डलरको बिक्री दर ९०.७७ रुपैयाँ तोकिँदा खरिद दर ८९.७७ रुपैयाँ तोकिएको छ । सिंगापुर डलरको बिक्री मूल्य ८९.४७ र खरिद मूल्य ८९.०२ रुपैयाँ छ भने १० जापानी येनको बिक्री मूल्य १०.५९ र खरिद मूल्य १०.५४ रुपैयाँ छ ।
यसैगरी, आजका लागि केन्द्रीय बैंकले चिनियाँ युवानको बिक्री मूल्य १८.८६ रुपैयाँ कायम हुँदा खरिद मूल्य १८.७६ रुपैयाँ कायम भएको छ । यता साउदी रियालको बिक्री मूल्य ३२.११ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३१.९५ रुपैयाँ तोकिएको छ ।
यस्तै, कतारी रियालको बिक्री ३३.०८ रुपैयाँमा हुँदा ३१.९१ रुपैयाँमा खरिद भइरहेको छ । संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.७९ रुपैयाँ कायम हुँदा खरिद मूल्य ३२.६२ रुपैयाँ कायम भएको छ । यसका साथै, मलेसियन रिंगटको बिक्री मूल्य २९.०१ रुपैयाँ र खरिद मूल्य २८.८६ रुपैयाँ कायम छ ।