Welcome to the complete news site

असार १९ देखि २५ गतेसम्मको साप्ताहिक राशिफल: तपाईको यो साता शुभ-अशुभ कस्तो रहला?

0 97

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

sharethis sharing button

काम गर्ने योजनामात्रै बन्ला, कार्यरूपमा परिणत गर्न सक्नुहुने छैन । दृढ इच्छाशक्तिको विकास भइसकेको देखिन्न । सामान्यखालको व्यावसायिक लाभमात्रै होला । आर्थिक स्थिति मध्यमखालको रहनेछ । मनोरञ्जन र भोजभतेरमै बढी समय जाला ।

 

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

पैसाको बचत हुने साता छैन । आयभन्दा व्यय बढी हुनाले आर्थिक अवस्था त्यति सुदृढ हुने देखिन्न । हातमा आएका सामान्य कामले मात्रै तपाईंको समस्या टार्लाजस्तो देखिन्न । पढाइ र लेखाइमा भने केही समय बढी नै जाला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

मनमा अलि-अलि भय भए पनि पहिलेको भन्दा सुध्रिएको छ । विरोधीहरू त छन् तर तिनीहरूसित मुकाबिला गर्न सक्ने शक्ति तपाईंमा क्रमिक रूपमा वृद्धि हुँदै छ । गणेशको आराधनाले आर्थिक अवस्था पनि सुदृढ हुँदै आउला । व्यापारसम्बन्धी काममा मध्यम प्रगति छ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

सातालाई राम्रै रूपमा लिन सकिन्छ । पहिलेको तुलनामा स्थिति सुध्रँदै आएको छ । सामान्यखालको व्यापार व्यवसायभन्दा बौद्धिकखाले व्यवसायले फाइदा देला । प्राविधिक क्षमतामा पनि विकास भएर आइरहेको छ । स्वास्थ्यस्थिति मध्यममात्र रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

अलि–अलि मनमा भय भए पनि काम बिग्रने छैन । केही गतिला कामहरू तपाईंको हातमा पर्न सक्छ । खर्च नघटे पनि त्यसलाई उपर गर्न सक्ने क्षमताको विकास भइरहनेछ । परिवारका लागि बढी खर्च होला । भैरवको दर्शन गरिरहनुहोस् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

बुधबारसम्मका दिन त्यति राम्रा छैनन् । बेकारका झन्झट मात्र सामना गर्नुपर्ला । बिहीबार र शुक्रबार भने तपाईंका लागि शुभप्रद देखिन्छन् । बौद्धिक स्थिति बिस्तारै परिमार्जित हुँदै छ । पढाइ र लेखाइमा समय थपेमा ज्ञानको निकै नै अभिवृद्धि होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

मध्यमखालको समय छ । आधा काम बन्ला भने आधा बाँकी रहला । मनमा चाहिने नचाहिने शङ्का र भ्रमले घेरिरहला, त्यसलाई समाधान गर्न नित्य पीपलमा जल हालिरहनुहोस् । जागिरबाट मात्रै हाल ठूलो भर मिल्ने देखिन्न । पढाइमा समय थप्नुहोस् ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

त्यति नराम्रो साता होइन । पहिलेको भन्दा सुधार हुँदै आएको छ । व्यावसायिक कामबाट बिस्तारै फाइदा होला । स्वास्थ्यस्थिति पनि पहिलेको भन्दा सुध्रिएको देखिन्छ । परिवारबाट पाइने सहयोगमा कमी हुने छैन । गणेशको दर्शन गर्नुहोस् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

खर्चको क्रम त घट्ने छैन तर आम्दानी राम्रो हुनाले खास समस्या पर्लाजस्तो देखिन्न । शिक्षाको क्षेत्रमा राम्रै सुधार भएको छ । सानोतिनो पारिवारिक चिन्ताले भने सताइरहनेछ । शनिश्चरको आराधनाले ती चिन्ता बिस्तारै निर्मूल भएर जानेछन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सानोतिनो स्वास्थ्य बाधा पर्ला र खर्च बढाउन सक्ला । परिवारबाट सहयोग मिल्ने देखिन्न । बरु कचिङ्गलकै सामना गर्नुपर्नेछ । मित्रहरूको मात्रै भर पनि नपर्नुहोस् । व्यापारको काममा समेत अनेकौँ व्यवधान आउला । पीपलमा जल हालिरहनुहोस् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

आधा काम बन्ला भने आधा बाँकी रहलान् तर पनि ठूलो आर्थिक हानिको समय छैन । दैनन्दिनी चलाउनका लागि ठूलो कसरत गर्नुपर्ने समय छैन । विपक्षीसँग मुकाबिला गर्न सक्षम हुनुहुनेछ । बौद्धिक स्थिति पनि पहिलेभन्दा परिमार्जित भइरहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

खर्च र आय बराबरै जस्तो छ । त्यसैले बचत हुने समय हाल देखिन्न । सम्मान प्रतिष्ठामा वृद्धि नभए पनि ठूलो ह्रास होलाजस्तो छैन । व्यवसायले सामान्य लाभमात्र देला । कर्मठ भएर बौद्धिक काम गर्न सक्नुहुने छैन । बङ्गलामुखीको दर्शन गरिरहनुहोस् ।

facebook sharing button
twitter sharing button
pinterest sharing button
email sharing button
sharethis sharing button