Welcome to the complete news site

अमेरिकी गायक मेल्कमको १,२,३,४ सार्वजनिक

0 18

अमेरिकी गायक मेल्कमको ( let go) १,२,३,४ बोल को भिडियो आज सार्वजनिक गरिएको छ | उनकै शब्द ,लय र स्वर रहेको उक्त गीतको भिडियोको मुख्य विषयवस्तु जीवन , प्रकृति, प्रेम र सदभाबसंग सम्बन्धित छ ।

उक्त भिडियोमार्फ़त पूर्वीय र पश्चिमी संस्कृतिलाई जोड्ने प्रयास उनले गरेका छन् ।गितका अर्का सर्जक सजना गोदार हुन् भने यसको निर्देशन तथा सम्पादन अमन तामाङले गरेका छन् । बि .टि. डीको प्रस्तुति रहेको यस गीतको भिडियोमा बिबेक थापा ,साजन खड्का , सुमन परियार ,सुनिल किसन ,अर्जुन शेरचन ,राजकुमार नेपालीको अभिनय रहेको छ |

भिडियोको छायाँकन सौरब तामाङले गरेका छन् भने कोरियोग्राफर बिबेक थापा र सह- कोरियोग्राफर अमृत सुनार रहेका छन् । जीवनका विभिन्न रंग , खुशी , उर्जा , माया र सदभाबलाइ उक्त भिडियो मार्फत प्रस्तुत गरिएको छ | नेपाली संस्कृतिबाट प्रभावित मेलकमका ६० भन्दा वढी गीत रहेका छन् |