अमेरिकामा गत वर्ष नोभेम्बरमा ४५ लाख भन्दा बढी मानिसले जागिर छोडेका छन् । यस्तै अक्टोबरमा ४२ लाख व्यक्तिले जागिर छोडेका थिए । श्रम विभागको आँकडा अनुसार जागिर छोड्ने अमेरिकीको संख्या देशको रोजगारी अभिलेखमा गत २ दशकको अवधिमा सर्वाधिक अधिक हो । मानिस राम्रो अवसरको लाभ उठाउँछन् । त्यसैले उनीहरुले रोजगारी छोडिरहेका छन् । सरकारले यसमा आफ्नो निगरानी बढाएको छ किनकी दुुई वर्षदेखि कोरोना महामारीका कारण आर्थिक गतिविधि र अर्थव्यवस्थामा दबाव रहँदै आएको छ र जागिरमा नियुुक्ति दिनेले पनि विरोधाभाषपूर्ण अवस्थाको सामना गर्नु परिरहेको छ । अमेरिकामा जागिर छोड्नेको संख्या बढ्ने अवस्थालाई ‘ग्रेट रेजिग्नेसन’ अर्थात् ठूलो राजिनामा भनिन्छ । यद्यपि कोरोना महामारीमा श्रमिक आफ्नो प्राथमिकता बारे पुनर्विचार गर्ने विषयमा ध्यान केन्द्रीत गरिरहेका छन् । इन्डिड हायरिङ ल्याबमा आर्थिक अनुसन्धानका निर्देशक निक बंकरले भने, ‘यो ठूलो राजीनामा वास्तवमा कम तलब भएका श्रमिकका बारेमा हो, जो श्रम बजारमा पुनः नयाँ अवसर खोजिरहेका छन् र प्राप्त पनि गरिरहेका छन् । फेडरल रिजर्भ बैंक अफ एटलान्टाको तथ्यांकबाट थाहा हुन्छ कि जागिर फेर्नेहरुको आफ्नो जागिरमा बस्ने मानिसहरुको तुलनामा तीब्र गतिमा तलब वृद्धि भइरहेको छ ।